Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बद्री पंगेनीले ५ नम्बर प्रदेश टुक्र्याउन हुँदैन भन्दै बुटवल तताए (भिडियो)


0
Shares

बुटवल, मंसिर २० । संविधान संशोधन प्रस्तावमार्फत् सीमांकन हेरफेर गर्ने सरकारी निर्णयको विरोधमा सोमबार छैटौं दिन पनि ५ नम्बर प्रदेशका सबैजसो जिल्लामा बन्द र प्रर्दशन जारी रह्यो ।

५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउन नुहने भन्दै सोमबार बुटवलमा सांस्कृतिक कार्यक्रमसहित प्रर्दशन भएको छ ।

रुपन्देही बन्दले सडक र बजार ठप्प भएपछि बुटवलमा गायक बद्री पंगेनीलगायतका कलाकारले गीत र व्यंग्यमार्फत् सडक तताए ।

कलाकारले प्रदेश टुक्र्याउन नहुने भन्दै नाचगान गरेपछि प्रर्दशनकारी पनि दिनभर सडकमै नाचगानमा उत्रिएका थिए ।

त्यसअघि बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजीसमेत गरेका थिए ।

संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।

भिडियो हेर्नुहोस्