Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु


0
Shares

चितवन, मंसिर २१ । भद्रपुर उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ८६३१ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक एकापसमा जुध्दा माइक्रोबसका चालक पाल्पा जिल्लाको हुगीका २५ वर्षीय प्रदीप परियारको घटनास्थलमै मृत्यु भएको हो ।

राति १२ः४५ बजे भएको सो दुर्घटनामा माइक्रोबस र ट्रकमा रहेका अन्य यात्रु भने सकुशल रहेका छन् । (रासस)