७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


रौतहटको पल्टुवामा बन अतिक्रमण, ५० जनाले घर बनाए


0
Shares

रौतहट, मंसिर २१ । रौतहटको प्रतापपुर पल्टुवास्थित बन क्षेत्र अतिक्रमणमा परेको छ । बृक्षारोपण गरिएको उक्त स्थानमा ५० जनाले घर बनाएर बसोबास गरिरहेका छन् ।

जिल्ला बन कार्यालयले बेवास्ता गर्दा राष्ट्रिय बन, साझेदारी र सामुदायिक बन अतिक्रमणको चपेटामा परेको स्थानीय बताउँछन् ।

२९ हजार हेक्टर बन क्षेत्र रहेको रौतहटमा बर्षेनी अतिक्रमण गरी खेतीपाती गर्ने क्रम बढेको छ ।

प्रतापपुर पल्टुवा–५ स्थित करीब दश कठ्ठा बन क्षेत्र अतिक्रमण भएकोे हो । रौतहटमा ३ हजार हेक्टरभन्दा बढी बन क्षेत्र अतिक्रमित भएको जनाइएको छ ।