
पाँचथर, मंसिर २१ । सामाजिक सुरक्षा भत्ता बैंक खाताबाट मात्र पाउने व्यवस्थाले पाँचथरका जेष्ठ नागरिकलाई अफ्ठ्यारो परेको छ ।
फिदिम नगरपालिकाले गत असोजदेखि बैंकमा खाता भएकालाई मात्र भत्ता दिने अनिवार्य व्यवस्था गरेको हो ।
सामाजिक सुरक्षा भत्ता लिन बैंकिङ्ग कार्यालयमा पुगेका बृद्धबृद्धाले भने सुरक्षा भत्ताले राहतभन्दा बढी सास्ती दिएको गुनासो गरेका छन् ।
बैंकिङ्ग प्रणाली झन्झटिलो र आउन जान गाडी नै रिजर्भ गर्नुपरेको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।
अनिवार्य गरिएपनि आधाजसोले मात्र बैंक खाता खोलेका छन् । नगरपालिकाले भने आवत जावत गर्न नसक्ने ठाउँमा बैंक प्रतिनिधि पुगेर खाता खोलिदिने बताएपनि अहिलेसम्म उनीहरु नआएको सेवाग्राहीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्