
काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग युरोपियन युनियनकी राजदूत प्रमुख रीनसजेइ ट्रिन्कले भेट गरी नेपालको राजनीतिक घटनाक्रमबारे चासो राखेकी छिन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा ट्रिन्कले संविधान कार्यान्वयन, संविधान संशोधन र नेपालको शान्ति प्रकृयामा भई रहेको प्रगतिको बारेमा जिज्ञासा राखेकी थिइन् ।
नेपालको विकास र शान्ति प्रकृयामा युरोपीयन युनियनले गर्दे आएको सहयोग जारी रहने भन्दै आफूहरुले समृद्ध नेपाल देख्न चाहेको धारणा राखेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर ऋषिराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भने दलहरुकै सहमतिमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।
दाहालले नेपालको शान्ति प्रकृया टुंगोमा पु¥याउनका लागि युरोपयिन युनियनले खेलेको भूमिकाको प्रशंसा गर्दे सहयोग जारी राख्न आग्रह गयो ।
प्रतिक्रिया दिनुहोस्