Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राष्ट्रिय जल तथा मौसम सप्ताह सम्पन्न


0
Shares

काठमाडौं, चैत ९ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ शनिबार सम्पन्न भएको छ ।

यही चैत ३ गतेदेखि सुरु भएको कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले स्वच्छ पानीमा सबैको पहुँच हुनुपर्ने र पानीको स्रोत व्यवस्थापनका लागि सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा जल तथा मौसम विभागले विपद् सूचना पुरस्कारबाट वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा र विनोद पराजुलीलाई सम्मान गरेको छ ।

यस्तै, ‘वाटर फर अल आर्ट’ प्रतियोगिताका विजेताहरु विश्व निकेतन विद्यालयका प्रशंसा महत्व, कोसेली फाउन्डेसन विद्यालयका सुष्मा तामाङ र एभरेस्ट इंग्लिस स्कुलकी रोशनी मोक्तान, फोटो कन्टेस्टका करण शाक्य र कृविना पाठकलाई पनि पुरस्कृत गरियो ।