Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सर्लाहीमा ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनका लागि १८ हजार रुख काटिँदै


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, चैत ९ । सर्लाहीमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय ४०० केभी विद्युत् प्रसारणलाइनका लागि १८ हजार बढी रुख काटिने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको प्रसारणलाइन विस्तारका लागि १८ हजार २२९ ओटा रुख काटिने भएको हो ।

केन्द्रको निर्देशनअनुसार रुख कटानको काम अन्तिम चरणमा पुगेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट उत्तर वाग्मतीदेखि बाँकेखोलासम्म साझेदारी वनभित्रका १२ हजार ३९९ र सामुदायिक वनभित्रका पाँच हजार ८३३ ओटा रुख कटान आदेश दिइएको डिभिजन वन प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।

प्रसारणलाइनको पोलबाट २३ मिटर छेउछाउका रुख काटेर घाटगद्दी गर्ने काम भइरहेको छ ।

रुख कटानमा अनियमितता हुन नदिन वनका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी फिल्डमै खटिएर रेखदेख गरिरहेका डिभिजन वन प्रमुख देवले बताए ।

स्थानीयले भने वन संरक्षण हुन नसकेको अवस्थामा प्रसारणलाइन विस्तारका लागि भन्दै ठूलो संख्यामा काँचा रुख काट्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।