चितवन, मंसिर २२ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गराएरै छाड्ने दावी गरेका छन् ।
प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री निधिले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनका लागि संविधान संशोधन आवश्यक भएकाले संशोधनको विकल्प नभएको जिकीर गरे ।
मन्त्री निधिले एमाले पनि संविधान संशोधनका पक्षमा अन्तिम समयमा उभिने दावी गरे । उनले संविधान संशोधनमा केही परिमार्जन गर्न सकिने संकेत गर्दै मधेसी मोर्चा पनि सहमतिमा आई सकेको बताए ।









प्रतिक्रिया दिनुहोस्