Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


देउवासँग रन्जित रेले भने: ‘असल छिमेकी भएकाले भारतको सहयोग जारी रहन्छ’


0
Shares

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि भारतका राजदूत रन्जित रेले भेटी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका छन् ।

देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा उनले संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए ।

रेले नेपालको शान्ति प्रक्रियामा भई रहेको प्रगतिबारे पनि सभापति देउवासँग चासो राखेका थिए । उनले असल छिमेकी भएकाले भारतले गर्दै आएको सहयोग जारी रहने भन्दै आफूहरुले समृद्ध नेपाल देख्न चाहेको बताएका थिए ।

देउवाले भने नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।