
काठमाडौं, चैत ९ । नेवारी परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले शनिबार ललितपुरमा नेवार समुदायले विशेष कार्यक्रम गरेका छन् ।
स्यस्यः समाज यलले आयोजना गरेको कार्यक्रम उद्घाटन गर्देै ललितपुर महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले नेवार समुदायले आफ्नो रीति–रिवाज र परम्परालाई निरन्तता दिनुपर्नेमा जोड दिए ।
उनले सांस्कृतिक सम्पदाको संरक्षणबाट नै मुलुकको पहिचान बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका सहभागीहरुले आपसी सहयोग र सद्भावबाट समृद्धिको मार्गमा अगाडि बढ्न सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रक्तदान कार्यक्रमलगायत नेवारी संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्