Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


तराईलाई सिक्किमीकरण गर्ने प्रयास स्वीकार्य हुँदैन : चित्रबहादुर केसी (भिडियो)


0
Shares

काठमाडौं, मंसिर २२ । संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले बुधबार पनि व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरेका छन् ।

बुधबारको संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा सैद्धान्तिक छलफल हुने कार्यक्रम थियो ।

तर, बैठकको सुरुमै विपक्षी नेकपा एमाले, माले, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदहरुले उठेर संसद अवरोध गरेका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको इसारामा संविधान संशोधन प्रस्ताव आएको भन्दै तराईलाई सिक्किमीकरण गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताए ।

उनले संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद अवरोध जारी रहने पनि स्पस्ट पारे ।

विपक्षीको अवरोधपछि संसद बैठक आगामी शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

सरकारले व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेयता चारपटक संसद बैठक अवरुद्ध भइसकेको छ ।

भिडियो हेर्नुहोस्