Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


भारतीय राजदूत रायलाई फिर्ता पठाउनुपर्छ : बिजुक्छे


0
Shares

काठमाडौं, मंसिर २२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय राजदूत रणजित रायले कुटनीतिक मर्यादाविपरीत काम गर्न थालेको भन्दै उनलाई फिर्ता पठाउनुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा संवाद क्लबले गरेको कार्यक्रममा बिजुक्छेले राजदूत रायका गतिविधि नेपालको हितविपरीत भएको दाबी गरे ।

संविधान संशोधन प्रस्ताव भारतको डिजाइनमा आएको उनको भनाइ थियो ।