कैलाली, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दोहोर्याएका छन् ।
बुधबार कैलालीको सदरमुकाम धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र आन्दोलनका भरमा संशोधन प्रस्ताव फिर्ता नहुने स्पस्ट पारे ।
प्रधानमन्त्री दाहालले छलफल र संवादका माध्यमबाट संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने औंल्याउँदै सहमतिमा आउन नेकपा एमालेलगायत आन्दोलनरत् सबै दलसँग आग्रहसमेत गरे ।
उनले संविधान संशोधन र निर्वाचन गरिछाड्ने अठोट गर्दै संशोधन प्रस्ताव पारित हुने दाबी पनि गरे ।
प्रधानमन्त्री दाहाल कैलाली पुग्दा पाँच विद्यार्थी संगठनले बुधबार दिउँसो धनगढीबजार बन्द गराएका थिए ।
प्रधानमन्त्रीको जिल्ला आगमनको विरोधमा प्रदर्शनमा उत्रिएका करिब ७० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसक्रममा केहीबेर प्रहरी र विद्यार्थीहरु सामान्य झडपसमेत भएको थियो ।





प्रतिक्रिया दिनुहोस्