काठमाडौं, मंसिर २३ । सभामुख ओनसरी घर्तीमगरले मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि अग्रसरता देखाएकी छन् ।
संविधान संशोधनको विषयले नयाँ राजनीति गतिरोध उत्पन्न गरेपछि त्यसको समाधानका लागि सभामुखले दलका नेताहरुसँग छलफल थाल्न लागेकी हुन् । उनले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि सत्ता र प्रतिपक्षी दलहरुबीच राजनीतिक ध्रुवीकरण चुलिएको छ भने एमालेलगायत विपक्षी दलले संसदनै चल्न दिएका छैनन् ।
एमालेलगायत दलका नेता कार्यकर्ताले पश्चिमका विभिन्न जिल्लामा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्