काठमाडौं, मंसिर २३ । संविधान संशोधन प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा नवौं दिन आज पनि बन्द र प्रदर्शन कायमै छ ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउन नुहने भन्दै पाल्पा र गुल्मी जिल्ला बन्द नै रहेको छ । नौ दिनदेखिको बन्दले ती जिल्लाको जनजीवन भने कष्टकर बन्दै गएको छ ।
बन्दका कारण यातायातका साधन संचालन हुन सकेका छैनन् । बजार, कलकारखाना र शैक्षिक संस्था पनि ठप्प छ ।
उता, रुपन्देही, अर्घाखाँची र कपिलवस्तुमा भने २५ गतेसम्मको लागि सबै विरोधका कार्यक्रम स्थगित गरिएको छ ।
प्युठान, अर्घाखाँची र गुल्मीमा बन्द खोलिए पनि प्रदर्शनका कार्यक्रम यथावत छन् ।





प्रतिक्रिया दिनुहोस्