Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संविधान कार्यान्वयनले नै मुलुकलाई निकास दिन्छ: सभापति देउवा


0
Shares

ललितपुर, मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई निकास दिनु पर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेद्धारा लिखित प्रतिज्ञाको पहाड नामक कविता संग्रहको बिहीबार ललितपुरमा लोकार्पण गर्दै उनले संविधान कार्यान्वयन गरेर अगाडि बढ्नुको विकल्प दलहरुसंग नभएको बताए ।

अहिले मुुलुक संकटमा भएकाले निकासका लागि एमालेले पनि भूमिका खेल्नु पर्ने उनको भनाई थियो । राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको भन्दै देउवाले सबै राजनीतिक दलहरु एक ठाउँमा अभिनु पर्ने पनि बताए ।

कांग्रेस महामन्त्री डाक्टर सशाङ्क कोइरालाले संविधान कार्यान्वयन गरेर निर्वाचनमा जानुको बिकल्प नभएको बताए ।

साझा प्रकाशनले प्रकाशित गरेको घिमिरेका कविता संग्रहमा ३३ वटा कविता र ७ वट गीति कविता समावेश छन् ।

Skip This