Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्युदर कहालीलाग्दो


0
Shares

काठमाडौं । स्वदेशमा रोजगारी उपलब्ध नहुँदा विदेशमा कठिन श्रम गर्न जानु नेपाली युवाको बाध्यता बन्दै आएको छ ।

तर आयआर्जन गरी सुनौलो भविष्यका लागि ऋण गरी विदेश भासिएका मध्ये दैनिक औसत दुई जनाको मृत्यु हुने गरेको कहालीलाग्दो तथ्यांक छ ।

चालु आर्थिक वर्षको ८ महिनामा मात्र ५ सय बढी वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये ८ महिनाभित्रै ५ सय ८ पुरुषर १६ महिलासहित कूल ५ सय २४ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ ।

यस अनुसार औसतमा मासिक ६५ जनाभन्दा बढी र दैनिक दुई जनाभन्दा बढी नेपालीले रोजगारीका शिलसिलामा विदेशी भूमीमा ज्यान गुमाइरहेको देखिन्छ ।

बोर्डले उद्दार तथा राहत र सुरक्षाको लागी मात्र ४० करोड खर्च  गरिसकेको जनाएको छ । बोर्डले मृतकका हकवालालाई ३४ करोड बराबरको आर्थिक सहायता गरेको छ ।

बोर्डले यस अवधिमा ५ सय १० जना पुरुषर ९ जना महिलाको शव ल्याउन मात्र १० करोड रुपैयाँ खर्च गरेको पनि जनाएको छ ।

बोर्डले शव झिकाउनकै लागी ६९ लाख, अंगभंग÷गम्भिर बिरामीको क्षतीपुर्तिको लागी ४ करोड, कामदारको परिवारलाई स्वास्थ उपचार सहयोग ८ लाख १५ हजार र उद्दार तथा खोज तलासको लागी २५ लाख रुपैयाँ खर्च गरेको जनाएको  छ ।

यसैगरी बोर्डले अभिमुखिकरण तालिमको लागी ६ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ ।

बोर्डले कामदारको सुरक्षको लागी पुर्नस्थापना अभिमुखिकरण तालिम पनि दिंदै आएको छ । हाल सम्म ५ सय ४५ जना नेपाली विभिन्न देशको जेलमा रहेको र कोमाका बिरामी २४ जना रहेको पनिबोर्डले जनाएको छ ।

बोर्डले वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाको लागी विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुको मृत्यु दर कम गर्न सुरक्षाको उपायको लागी तालिमको पाठ्यक्रममा नै परिवर्तन गर्ने तयारी समेत भएको बोर्डका निर्देशकराजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समयमा कामदारको चेतनाकोे स्तरमा भएको वृद्धि, वैदेशिक रोजगारीमा अन्धाधुन्द जाने प्रवृत्तिमा कमी र कामदार केन्द्रित नीतिको कारण गत आर्थिक वर्षको तुलनाम ायो आर्थिक वर्षमा भने कामदारको दुर्घटनामा कमी आएको श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीमा जानेहरुको गुनासा सुन्न र तत्कालै सम्बोधन गर्नका लागी श्रम मन्त्रायलमै कल सेन्टर स्थापना गर्ने तयारी भैरहेको पनि उनको भनाई छ ।

स्वदेशमा प्रशस्त रोजगारी सिर्जना हुन नसक्दासम्म रोजगारीक लागि विदेश जानु नेपाली युवाको बाध्यता बन्दै आएको छ ।

उनीहरुले पठाएको विप्रेषणले नेपाली अर्थतन्तत्र चलायमान बन्दै आएको छ ।

यसैले सरकारले विभिन्न देशमा रहेका नेपाली कामदारहरुको सुरक्षाका लागि अझै तदारुका देखाउनु जरुरी देखिन्छ ।