बाग्लुङ । बाग्लुङका युवा रोजगारीका खोजीमा विदेश जाने मोह त्याग गर्दै गाउँमै पशुपालन गर्न थालेका छन् ।
गल्कोट नगरपालिका–७ टोकरीका युवा विष्णु थापाले व्यावसायिक बाख्रापालन गर्दै राम्रो आम्दानी गर्दै आएका छन् ।
६ वर्षअघि ३० हजार रुपैयाँको लागतमा ५ वटा बाख्राबाट व्यवसाय सुरु गरेका थापासँग अहिले ५० वटा बाख्रा छन् ।
गाउँका अधिकांश युवा विदेश पलायन हुँदा कामदारको अभाव भए पनि उनी आफैं बाख्राको स्याहारसुसारमा व्यस्त हुने गरेको बताउँछन् ।
उनले वार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनको काम र सफलता देखेर यहाँका अन्य किसानले पनि व्यावसायिक बाख्रापालन सुरु गरेका छन् ।
अहिले बाग्लुङमा व्यावसायिक रुपमा बाख्रा पाल्ने युवाको संख्या बढ्नुका साथै जिल्लामा झन्डै ८० प्रतिशत मासुको माग पूर्ति भएको छ ।









प्रतिक्रिया दिनुहोस्