Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


‘नेपालमा मानवअधिकारको अवस्था अझै कमजोर’


0
Shares

काठमाडौं, मंसिर २४ । मानवअधिकारकर्मीहरुले नेपालमा मानवअधिकारको अवस्था अझै कमजोर रहेको बताएका छन् ।

६८औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले शान्ति–सम्झौता भएको १० वर्ष बित्दा पनि पीडितले न्याय पाउन नसकेको बताए ।

कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायकले सरकार मानवअधिकार उल्लंघनका घटनामा दोषीलाई कारबाही र पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक, मानवअधिकारकर्मी चरण प्रसाइँलगायतले मानवअधिकारको सम्मानका लागि सबैपक्ष गम्भीर बन्नुपर्ने बताए ।