Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


छात्रा मृत्युको छानबिनको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन


0
Shares

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेकाबेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

बिहीबार प्रधानमन्त्रीको सुर्खेतमा स्वागत गर्न गएकाबेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा–९ की आचार्यको मृत्यु भएको थियो । रासस