
काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेस नेता प्रकाशमान सिहंंले संविधान संशोधन बाह्य ईसारामा आयो भन्नु गलत रहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौले आयोजना गरेको कार्यक्रममा बोल्दै सिहंले मधेसी मोर्चा लगायतले उठाएका जायज मागका सम्बन्धमा हल्का अभिब्यक्ति दिनु भन्दा जिम्मेवार बन्नु प्रमुख दलहरुको काम भएको बताए ।
उनले सरकार शंसोधन प्रस्तावलाई आवश्यक परिमार्जन गरेर अगाडि बढाउन समेत तयार रहेको बताएको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नु पर्नेमा सबैको प्राथमिकता हुनु पर्ने समेत बताए ।
उनले भने, ‘यदि प्रमुख दलहरुमिलेर संविधान कायान्वयनको प्रमुख आधार मानिएको निर्वाचनको बाताबरण बनाएर चुनाबमा जाने अवस्था बन्न नसके मुलुक संकटमा फस्ने भएकाले परिवर्तनकारी शक्ति मिलेरअगि बढ्नुको बिकल्प छैन ।’





प्रतिक्रिया दिनुहोस्