Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अर्थशास्त्री डा. दाहालको निधन


0
Shares

काठमाडौं, चैत ८ । अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ ।

दाहालको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

अर्थशास्त्रमा विद्यावारिधि दाहाल त्रिभुवन विश्वविद्यालयमा विगत चार दशकदेखि अध्यापन गराउँदै आएका थिए ।

अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघका पूर्वअध्यक्ष दाहाल मेगा बैंकको अध्यक्षसमेत रहिसकेका थिए ।