Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पाल्पामा बन्द र आमहड्तालको कार्यक्रम स्थगित


0
Shares

पाल्पा, मंसिर २५ । संयुक्त सघर्ष समिति पाल्पाले ५ नम्बर प्रदेशको एउटै आन्दोलन बनाउने भन्दै मंसिर ३० गतेसम्मको लागि बन्द र आमहड्तालको कार्यक्रम स्थगित गरेको छ ।

समितिले लामो बन्दको कारण जनतामा अफ्ठ्यारो परेको भन्दै पाँचदिनका लागि बन्द–हड्ताल फिर्ता लिएको जनाएको छ ।

जिल्लामा प्रदर्शन र सभालगायतका कार्यक्रम भने जारी रहने समितिले जनाएको छ ।

५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा शनिबार पनि पाल्पामा आन्दोलनकारीहरुले मानवसाङ्लो बनाएर तानसेन बजार घेराउ गरेका छन् ।

मानवसाङ्लो प्रदर्शनमा स्थानीयको उल्लेख सहभागिता रहेको थियो ।