काठमाडौं, चैत ८ । आसन्न लगानी सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको लगानी बोर्डले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विशेष वक्ताकारुपमा म्यानमारका अर्थ वाणिज्य हेर्ने मन्त्री आउने तय भएको छ ।
सम्मेलनमा ६५० विदेशी लगानीकर्ता आउने निश्चित भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
बोर्डले लगानीकर्तालाई आकर्षित गर्न विभिन्न सातओटा क्षेत्रमा ६० ओटा परियोजना ‘स्वकेस’कारुपमा राख्दैछ ।
सम्मेलनले लगानीका लागि नेपाल गन्तव्य मुलुक रहेको र विदेशी लगानी नेपालले खोजिरहेको सन्देश दिन सफल हुने अधिकारीले बताए ।









प्रतिक्रिया दिनुहोस्