फाइल फोटो
काठमाडौं, मंसिर २५ । विश्वका महिला सभामुखको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती शनिबार संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा गएकी छन् ।
शनिबार साँझ उनी त्यसतर्फ प्रस्थान गरेको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
सभामुख घर्तीका साथ प्रमुख तीन राजनीतिक दलका सांसद, व्यवस्थापिका–संसदका महासचिव सहभागी छन् ।
उनी यही मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस





प्रतिक्रिया दिनुहोस्