काठमाडौं, मंसिर २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्रीलाई ६३औं जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकामा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे अवगत गराएका थिए । रासस





प्रतिक्रिया दिनुहोस्