Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


संविधान पूरै खारेज गर्नुपर्छ : गजुरेल


0
Shares

                                                                      फाइल फोटो
महोत्तरी, मंसिर २६ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले वर्तमान संविधान पूरै खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबार साँझ ‘राष्ट्रियता, जनतन्त्र, जनजीविका र संघीयता’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्नेक्रममा नेता गजुरेलले वर्तमान संविधानमा मधेसी, आदिवासी जनजाति, थारु, महिला, मुसलमान, पिछडिएकालगायत कुनै पनि वर्ग र समुदायको उचित र पर्याप्त सम्बोधन नगरिएको जनाउँदै यसलाई संशोधन गरेरमात्र कसैको माग सम्बोधन नहुने विचार व्यक्त गरे । रासस