Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


राष्ट्रपतिले प्रधानमन्त्री दाहाललाई भनिन्–‘चुनावको तयारी गर्नोस्’


0
Shares

काठमाडौं, मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका सन्चारविज्ञ माधव शर्माले बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत् आइतबार राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयासरत् रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको बताएका थिए ।

सो अवसरमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनासमेत दिएकी थिइन् । रासस