२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


डडेल्धुरामा सवारी साधन ट्रायल सेन्टर खुल्दै


0
Shares

डडेल्धुरा, चैत ८ । डडेल्धुरामा सवारी साधन ट्रायल सेन्टर खुल्ने भएको छ ।

प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र उग्रतारा मन्दिरको नामबाट अमरगढी नगरपालिका–८, डकलेमा स्थापना गरिएको उग्रतारा ट्रेनिङ सेन्टरमा आगामी वैशाखदेखि ट्रायल सञ्चालन गर्न लागिएको सञ्चालक तेजबहादुर ऐरले जानकारी दिए ।

डडेल्धुराको सदरमुकामबाट ४ किलोमिटरको दुरीमा रहेको सेन्टरमा दुई तथा चार पाङ्ग्रे सवारीको ट्रायलको व्यवस्था गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराको सहकार्यमा सञ्चालित ट्रायल सेन्टरमा चालक अनुमतिपत्रका लागि सीप परीक्षण, रक्त समूह पहिचानका लागि ल्याब स्थापना एवं जिल्ला बाहिरबाट आउने प्रशिक्षार्थीका लागि खाने, बस्ने व्यवस्था रहेको पनि संस्थाले जनाएको छ ।

सातवटा पहाडी जिल्लाको केन्द्रमा पहिलो पटक र निजी लगानीमा स्थापना भएको ड्राईभिङ तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आउने भएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका सवारी चालकले तराईका जिल्लामा हजारौं खर्च गरेर जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । ट्रेनिङ सेन्टरमा एक करोडभन्दा बढी लगानी भएको जनाइएको छ ।