
उदयपुर, मंसिर २८ । जिल्ला शिक्षा अधिकारीको सरुवाको माग गर्दै उदयपुरका शिक्षकहरु एक महिनादेखि आन्दोलनमा छन् ।
जिल्ला शिक्षा अधिकारी ‘असक्षम’ रहेको भन्दै कात्तिक १८ गतेदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
एक वर्षे कार्यकाल पूरा गरी जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरको सरुवा भएपनि उच्च अदालतको निर्णयबाट थमौती भएको भन्दै शिक्षकहरु आन्दोलित बनेका हुन ।
प्रतिक्रिया दिनुहोस्