२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दलहरुबीच विवाद उत्पन्न हुनु दुःखद् : उपराष्ट्रपति


0
Shares

चितवन, मंसिर २८ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको सवालमा दलहरुबीच विवाद उत्पन्न हुनु दुःखद् रहेको बताएका छन् ।

गैरसरकारी महासंघको २२औं साधारणसभालाई मंगलबार चितवनमा सम्बोधन गर्दै उनले सरकार र दलहरु तीनओटै तहको निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले राजनीतिक दल र सरकारबीच हाल देखिएका असन्तुष्टि र असमझदारीलाई संवाद, सहमति र सहकार्यको माध्यमबाट हटाउन आग्रह गरे ।