
विराटनगर, मंसिर २९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन प्रस्तावलाई स्थगनको अवस्थामा राखेर चुनावमा जानुपर्ने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग उनले संविधान संशोधन प्रस्तावले समस्या समाधान नहुने भन्दै त्यसलाई थाती राखेर चुनावमा जानुपर्ने बताए ।
सरकारले पर्याप्त गृहकार्यबिना नै संशोधन प्रस्ताव दर्ता गरेर गल्ती गरेको उनको भनाइ थियो ।
अहिलेको अवस्थामा पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्