२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


माओवादी केन्द्रका नेताले भने–‘पुरानै संरचनामा निर्वाचन संविधानविपरीत’


0
Shares

काठमाडौं, मंसिर २९ । विभिन्न दलका नेताहरुले अब स्थानीय तहको निर्वाचनको तयारीको विकल्प नभएको बताएका छन् ।

बुधबार राजधानीमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले स्थानीय तहको निर्वाचन आवश्यक भएपनि पुरानै संरचनामा निर्वाचन गर्न नसकिने बताए ।

उनले पुरानै संरचनामा निर्वाचन गर्नु संविधानविपरीत हुने दाबी पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले मुलुकलाई निकास दिन निर्वाचन जरुरी भएको बताए ।

यस्तै, राप्रपा नेता दिलनाथ गिरीले स्थानीय तहको निर्वाचन गरेर अघि बढ्नुपर्ने बताए ।