
काठमाडौं, मंसिर ३० । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ ।
व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ ।
‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘उक्त निर्णयको वेवास्ता गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ ।’
अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन् । नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ। नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ । उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन् ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने जथाभावी अनुमति नदिइएको दाबी गरे ।
कहाँ कति थपिए
विराटनगर– १५
नेपालगन्ज– ४०
बुटवल– १८०
जनकपुर– १२
पोखरा– ४
वीरगन्ज– ७८
धनगढी– ५
प्रतिक्रिया दिनुहोस्