काठमाडौं, चैत ७ । नेपालका लागि स्लोभाक गणतन्त्रका राजदूत इभानलान्कारिकले आफ्नो कार्यकालमा नेपाल तथा स्लोभाकबीच आपसी व्यापार तथा लगानी प्रवर्द्धनमा सक्दो जोड दिने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले गरेको राजदूतको स्वागत तथा छलफल कार्यक्रममा उनले नेपाल र स्लोभाक गणतन्त्रबीच व्यापार सम्बन्ध अपेक्षितरुपमा हुननसकेको भन्दै स्लोभाकले आर्थिक तथा प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेकाले नेपाल र स्लोभाक गणतन्त्रबीच द्विपक्षीय व्यापार वृद्धिको ठूलो सम्भावना भएको पनि बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्