२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संसद बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित


0
Shares

काठमाडौं, मंसिर ३० । व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् ।

सरकारले गत १४ गते संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अबरुद्ध पार्दै आएको छ ।

लगातार बैठक अबरुद्ध हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अन्योलमा पर्दै आएको छ ।