२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन सक्दैनन् : कमल थापा


0
Shares

पोखरा, मंसिर ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस, एमाले र माओवादी केन्द्रले देशलाई निकास दिन नसक्ने बताएका छन् ।

पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय एकीकरण सभालाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले ठूला दलहरु पार्टी स्वार्थभन्दा माथि उठ्न नसकेको आरोप लगाए ।

माओवादीको जनयुद्ध हुँदै अहिलेको अवस्थामा आइपुग्दा देशलाई टुक्र्याउन खोज्नेहरुसमेत उत्पत्ति भएकाले राप्रपाको महत्व बढेको थापाको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले संविधानमै हिन्दूराष्ट्र उल्लेख गर्नुपर्ने तर अन्य धर्मलाई पनि बाधा गर्न नहुने बताए ।