Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


कांग्रेस–माओवादी केन्द्रकै नेतृत्वमा अर्घाखाँचीमा आन्दोलन चर्कियो


0
Shares

अम्बिका बेलबासे (इमेज)
अर्घाखाँची, मंसिर ३० । प्रदेश विभाजनको विरोधमा विहीबार अर्घाखाँचीमा विशाल सभा गरिएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहितको आन्दोलन झन्–झन् चर्कंदै गएको हो ।

विरोधसभामा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर राना, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, एमाले सांसद डा. दुमनसिंह थापा, नेकपा मालेका सांसद कमला विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै उनीहरुले प्रदेश विखन्डनविरुद्धको आन्दोलनलाई सशक्त पार्दै लैजाने उद्घोष गरेका छन् ।