२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै विद्यार्थीहरु सडकमा


0
Shares

काठमाडौं, पुस १ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

सरकारले ल्याएको संशोधन प्रस्तावले मुलुक विखण्डन हुने भन्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्दै प्रस्ताव फिर्ता लिन माग गरेको हो ।

विद्यार्थीहरुले सबै राजनीतिक दलको सहमतिमा संशोधन प्रस्ताव ल्याउन सुझाव दिएका छन् । अहिलेको प्रस्ताव फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

राजधानीका विभिन्न क्याम्पसबाट शुरु भएको विरोध प्रदर्शन शान्तिबाटिकामा पुगेर समापन भएको थियो ।