
भक्तपुर, पुस १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सरकार पूर्णरुपमा विदेशी शक्तिबाट सन्चालित भएको आरोप लगाएका छन् ।
उनले नेपाललाई अन्तहीन द्वन्द्वमा धकेल्ने गरी सरकार विदेशीको इसारामा चलेको आरोप लगाए ।
शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले विदेशीकै चाहनाबमोजिम छिट्टै सरकार परिवर्तनको खेल सुरु हुने दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्