२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संशोधन थाती राखेर भएपनि निर्वाचन : डा. महत


0
Shares

काठमाडौं, पुस १ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संसद अवरुद्ध गरेर लामो समयसम्म देशलाई अन्यौलको बन्दी बनाउन नहुने बताएका छन् ।

उनले संविधान संशोधनको विषयलाई थाती राखेर भएपनि निर्वाचनसम्बन्धी कानुनहरु पास गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा डा. महतले संविधान संशोधनको प्रस्तावलाई टुंगोमा पुर्‍याउन नसकिने अवस्थामा प्रस्ताव थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।