
काठमाडौं, पुस १ । नयाँ संविधानले खस–क्षत्री समुदायप्रति विभेद गरेको भन्दै संयुक्त खस क्षत्री समाजले आन्दोलन सुरु गरेको छ ।
शुक्रबार राजधानीको कलंकीमा भेला भएका खस–क्षेत्री समुदायले संवैधानिकरुपमै गरिएको विभेद सच्याउन माग गर्दै नाराबाजी गरे ।
राज्यका सबै क्षेत्र, तह र निकायमा जनसंख्याको आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्