१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


रोल्पामा महिलाले थाल बजाएर गरे सरकारको विरोध


0
Shares

रोल्पा, पुस १ । रोल्पाका महिलाहरुले शुक्रबार थाल र चम्चा बजाएर संविधान संशोधन विधेयककोविरुद्ध र्‍याली निकालेका छन् ।

प्रदेश विभाजनको विरोधमा आन्दोलन भएको हप्तौं बित्दासमेत सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले थाल बजाएर सरकारको विरोध गरेका हुन् ।

जिल्ला बन्दका कारण शुक्रबार रोल्पाबाट सन्चालन हुने लामो तथा छोटो दुरीका सवारी–साधन सन्चालन भएनन् । बजार, पसल, होटल, उद्योग कलकारखाना पूर्णरुपमा बन्द भएका छन् ।

बन्द पुस ३ गतेमात्रै खुल्ने संयुक्त सघर्ष समितिले जनाएको छ ।