
ध्रुव भट्टराई (इमेज)
विराटनगर, पुस १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक गतिरोध अन्त्यका लागि तत्काल चुनावमा जानुपर्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सन्चारर्मीसँग कुरा गर्दै ओलीले सत्ताधारी दलहरु चुनाव गराउने पक्षमा नरहेको बताए ।
संक्रमणकाललाई उपयुक्त ढंगले नटुंग्याए गम्भीर संवैधानिक तथा राजनीतिक संकट उत्पन्न हुने उनको भनाइ थियो ।
सरकारले संसद–सचिवालयमा दर्ता गराएको संशोधन विधेयक तत्काल फिर्ता लिन पनि ओलीले सत्तापक्षलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्