२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


संविधान संशोधन प्रस्ताव अपूर्ण : यादव


0
Shares

                                                                                   फाइल फोटो
कपिलवस्तु, पुस २ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताएका छन् ।

कपिलवस्तुको पकडीमा शनिबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने विचार राखे ।

समाजवादी फोरमका केन्द्रीय सदस्य सहासराम यादवले ‘एउटा समुदायविरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव बिथोल्ने र परिवर्तनविरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखन्डनकारी छ’–भने । रासस