
काठमाडौं, पुस २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च जनआन्दोलनका कमान्डर गणेशमान सिंहको आदर्शबाट सबै राजनीतिक दलले पाठ सिक्नुपर्ने बताएका छन् ।
सर्वमान्य नेता गणेशमान सिंहको १०१औं जन्मदिवसको अवसरमा शनिबार ललितपुरमा गरिएको कार्यक्रममा उनले गणेशमान सिंहको त्याग, हिम्मत र संघर्षबाट सबै राजनीतिक दलले पाठ सिक्नुपर्ने बताएका हुन् ।
गणेशमान सिंहको विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै उनले एकताको राजनीतिबाटमात्र मुलुकले निकास पाउने बताए ।
सबैलाई समेटेर मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएकाले संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा लोकतन्त्र र प्रजातन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठलगायतलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्