२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘जातजातिका नाममा मुलुकको विखन्डन गर्ने षड्यन्त्र’


0
Shares

काठमाडौं, पुस २ । बाह्यशक्तिको चलखेलका कारण मुलुकको अखन्डता खतरामा पर्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

२९५औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले बाह्य हस्तक्षपबाट मुलुकलाई मुक्त गराउनुपर्ने बताए । उनीहरुले त्यसका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु यादवले जातजातिका नाममा मुलुकको विखन्डन गर्ने षड्यन्त्र भइरहेको बताए ।

उनले राष्ट्रियताको जगेर्नाका लागि पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पालना गर्नुपर्ने विचार व्यक्त गरे ।