
काठमाडौं, पुस २ । अफगानिस्तानको कान्दाहार विमानस्थलमा शनिबार अज्ञात बन्दुकधारीले पाँच महिला सुरक्षाकर्मीको गोली हानी हत्या गरेका छन् ।
बिहान विमानस्थलतर्फ सानो भ्यानमा जाँदै गर्दा मोटरसाइकलमा आएका दुईजना बन्दुकधारीले उनीहरुलाई गोली हानेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
आक्रमणमा भ्यानका चालक पनि मारिएका छन् ।
मृतक महिला सुरक्षाकर्मीले विमानस्थलमा महिला यात्रीको चेकजाँचको काम गर्दथे ।
आक्रमणको जिम्मेवारी कसैले नलिएपनि अफगान महिलाहरु धेरैजसो तालिबानको निशानामा पर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्