१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अर्घाखाँचीमा सरकारी कार्यालयमा तालाबन्दी, प्रदर्शनमा सयौं सहभागी


0
Shares

अर्घाखाँची, पुस ३ । ५ नम्बर प्रदेश विभाजनको विरोधमा आइतबार तेस्रो दिन पनि १२ जिल्ला बन्द जारी राखिएको छ ।

सरकारले प्रदेश नम्बर–५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संशोधनको प्रस्ताव संसद–सचिवालयमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको छ ।

अर्घाखाँचीमा पनि बन्दकर्ताले जिल्लामा रहेका सरकारी कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्ला प्रशासन कार्यालयसमेत बन्द रहेको छ ।

आइतबार पनि सन्धिखर्कमा विरोध प्रदर्शन भएको छ ।

सयौंको संख्यामा भेला भएका आन्दोलनकारीले सन्धिखर्क र चुत्रावसीबजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेटमा गएर धर्ना दिएका छन् ।