१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनकोसीमा जिप खस्यो, ६ जनाको मृत्यु, एकजना नदीमा बेपत्ता


0
Shares

यशोदा राउत (इमेज)

अपडेट

सिन्धुली, पुस ३ । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा१२च ८८९७ नम्बरको स्कार्पियो जिप आइतबार दिउँसो सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत् रत्नाबती–३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा ६ जना यात्रीको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । एकजनालाई भने नदीले बगाएको छ । जिप पूर्णरुपमा सुनकोसीमा डुबेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । जिपमा चालकसहित ९ जना सवार थिए ।

घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ । अप्ठ्यारो सडकमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब ४० फिट तल खसेको बताइएको छ ।

घटनास्थल सदरमुकाम सिन्धुलीमाडीबाट ८५ किलोमिटर र खुर्कोटबाट ५५ किलोमिटर दुरीमा रहेको छ ।